सुनसरीमा ३ युवतीलाई निर्घात कुटपिट, एक युवती पक्राउ
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको छ ।
५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ । कुटपिटमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए ।
असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पीडित पक्षका युवतीहरुले आइतबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका छन् । किशोरीहरु बिच सामान्य विवाद हुँदा एउटा पक्षले अर्को पक्षलाई ‘बेइज्जत’ गरेको आरोपमा आक्रमण गरेका थिए ।
सप्तकोशी किनारस्थित राजाबासमा भएको घटनामा संलग्नहरु उपर प्रहरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण