आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा ३ युवतीलाई निर्घात कुटपिट, एक युवती पक्राउ

सोमबार, ०१ साउन २०८०, १६ : ३८
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको छ ।

५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ ।  कुटपिटमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए ।

असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

पीडित पक्षका युवतीहरुले आइतबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका छन् । किशोरीहरु बिच सामान्य विवाद हुँदा एउटा पक्षले अर्को पक्षलाई ‘बेइज्जत’ गरेको आरोपमा आक्रमण गरेका थिए ।

सप्तकोशी किनारस्थित राजाबासमा भएको घटनामा संलग्नहरु उपर प्रहरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप