शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय पूर्व क्रिकेटरले धोनीको मोटरसाइकल र कारका ‘शोरुम जस्तो सङ्कलन’ देखाए

मङ्गलबार, ०२ साउन २०८०, १० : ३४
मङ्गलबार, ०२ साउन २०८०

पूर्व भारतीय क्रिकेटर वेंकटेश प्रसाद हालै राँचीको भ्रमणमा थिए । यतिबेला वेंकटेशले महेन्द्र सिंह धोनीसँग भेटघाट गरे । वेंकटेश धोनीसँग उनको ग्यारेजमा पनि गए ।

यो एक यस्तो स्थान थियो जहाँ धेरै नै बाइक र कार थिए । यो भेटघाटको भिडियो वेंकटेशले ट्विटरमा सेयर गरेका छन् । 

वेंकटेश प्रसादले लेखेका छन्, ‘मैले एक व्यक्तिमा देखेको क्रेजी प्यासनमध्ये यो एक हो । उत्कृष्ट सङ्ग्रह र त्यस्तै छन् महेन्द्र सिंह धोनी । महान् उपलब्धि बोकेका असाध्यै कमालका मानिस । धोनीको राँचीस्थित घरमा उनको बाइक र कारको कलेक्सन हेर्नुहोस् । म यी व्यक्तिको प्यासनको ठुलो प्रशंसक हुँ ।’

भिडियोमा वेंकटेश प्रसादले आफू चौथो पटक राँची पुगेको र धानीको घरमा पहिलो पटक पुगेको बताए ।

भिडियोमा कसैले ‘यो बाइक शोरुम हुनसक्छ’ भनिरहेको सुन्न सकिन्छ । वेंकटेश प्रसाद भन्छन्, ‘तपाईंले यस्तो त्यति बेला गर्न सक्नुहुन्छ जब तपाईं कुनै चिजका लागि पागल हुनुहुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप