सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्री शर्माद्वारा १० एजेण्डा प्रस्तुत
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेण्डा पेस गरेका छन् ।
कांग्रेस बैठकमा १० वटा एजेण्डामा केन्द्रित छलफल हुनेछ । जसमा समसामयिक राजनीतिक प्रतिवेदन, सांगठानिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश, नीति अधिवेशनको प्रक्रिया र विभाग गठनसम्बन्धी हेरफेर छन् ।
त्यसैगरी जनसमुदायबीच पुग्न राष्ट्रव्यापी अभियानबारेको प्रस्ताव, अनुशासन समिति प्रतिवेदन, कांग्रेसको संसदमा प्रस्तुती र सरकारले गरेको गतिविधि बैठकका एजेण्डा छन् ।
महामन्त्री शर्माले बैठकका एजेण्डा पेश गरेपछि अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदनमा भएका विषयबारे राखेका छन् । जसमा एक वर्षमा भए गरेका कामकारवाही र आगामी दिनमा गर्नुपर्ने कामहरुबारे छन् । कांग्रेसले आगामी एक वर्ष गर्ने कार्यतालिका लगायत समेटिएको महामन्त्री थापाले बताएका छन् । कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण