१८ पछि पुनः रेकर्ड ‘बादल वर्षा बिजुली’
मङ्गलबार, ०२ साउन २०८०, १५ : १४

काठमाडौँ । १८ वर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल वर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लोकप्रिय ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीतको चर्चासँगै सर्जकले नयाँ भर्सनमा ल्याएका छन् ।
काठमाडौँमा एक कार्यक्रमकाबीचमा उदयराज पौडेलले एरेन्ज गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् ।
कार्यक्रममा बोल्दै गायक कार्कीले वर्षौँपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले १८ वर्ष पहिले नै आफूले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुसी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला