मुस्कानको ‘पञ्चामृत’मा आँचलको इन्ट्री
काठमाडौँ । मुस्कान ढकालको निर्देशन रहने नयाँ फिल्म ‘पञ्चामृत’मा आँचल शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा उनलाई निर्माण युनिटले भित्र्याएको हो ।
उनीसँगै फिल्ममा अभिनेता धिरज मगर पनि भित्रिएका छन् ।
फिल्ममा यसअघि सौगात मल्ल, निरुता सिंह, बिपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भैसकेका छन् । धिरज र आँचल भित्रिएसँगै फिल्ममा कलाकारहरुको लाइनअप बलियो भएको छ ।
फिल्ममा आँचलको जोडी धिरज रहनेछन् । धिरज र आँचलले पहिलो पटक यो फिल्ममा एकसाथ काम गर्न लागेका हुन् । भदौबाट छायांकन सुरु हुने फिल्म आध्यात्मिक–लभस्टोरी कथावस्तुमा बन्न लागेको हो ।
तीनवटा च्याप्टरमा निर्माण हुने फिल्मको बीच भागको निर्माण यसपटक गर्ने तयारीमा मुस्कान छन् । उनले तीन वर्ष लगाएर फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।
फिल्म ‘नाईं नभन्नू ल ३’ बाट निर्देशनमा डेब्यू गरेका ढकालले पछिल्लो समय ‘समर लभ’ बनाएका थिए । ‘समर लभ’ बनाएको ५ वर्षपछि उनी फेरि निर्देशनमा देखिन लागेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण