बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजर्षिजनक विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त

मङ्गलबार, ०२ साउन २०८०, १९ : १८
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकुलपति नियुक्त गरेका हुन् । 

खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य –हाल कार्यवाहक उपाध्यक्ष) डा. रामकुमार फुयाँलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शिलु मानन्धर र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य थिए । 

विश्वविद्यालयको कुलपति नियुक्तिमा पहिलो पटक स्वच्छ प्रतिष्पर्धा गराएर हाम्रो नभई राम्रो मान्छे नियुक्त गरिएको सिफारिस समितिका संयोजक डा. फुयाँलले बताए । उनका अनुसार उपकुलपतिका लागि १८ जनाको आवेदन परेको थियो । प्राप्त आवेदन मध्ये २ जनाको आवेदन रद्द गरिएको थियो भने १६ जनाको नाम पहिलो चरणमा छनोट गरिएको थियो । 

१६ जनामा पनि प्रस्तुति गराएर ६ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । दोस्रो पटकको छनोटमा ६ जनाबाट ३ जनाको नाम गत २६ गते बुधबार कुलपति तथा प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरिएको थियो । सिफारिसको पहिलो नम्बरमा रहेका यादवलाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप