लागुऔषधसहित पक्राउ परिन् जिजी हदिद
हलिउडकी सुपरमोडल जिजी हदिद एक पटक पुनः चर्चामा आएकी छिन । तर यसपटक कुनै फेसन शोका लागि नभई एक आरोपका कारण उनी चर्चामा छाएकी हुन् । जिजी हदिदलाई पक्राउ गरिएको खबर प्रकाशित भएको छ । उनको साथमा ड्रग्स बरामद भएको छ । पक्राउ गर्दा जिजी आफ्नो साथी लिआ निकोल म्याक्कार्थीसँग केमेन टापु घुम्न जान लागेको थिइन् । केमेन टापुका कस्टम्स एन्ड बोर्डर कन्ट्रोलले यसबारे पुष्टि गरेको हो ।
गाँजासहित पक्राउ परिन् जिजी
जिजी हदिदलाई प्रहरीले लागुऔषध राखेको आरोपमा पक्राउ गरेको हो । निजी विमानबाट विमानस्थल पुगेका मोडलको सामान अधिकारीले स्क्यान गर्ने बेला केही नशालु पदार्थ भेटियो । घटना १० जुलाईको हो । सामान स्क्यान गरेपछि जिजीको सुटकेसको पूर्ण तलासी लिँदा गाँजा भेटिएको हो । २८ वर्षकी जिजी र २९ वर्षकी लिआहलाई नशालु पदार्थ ओसारपसारको आरोपमा पक्राउ गरियो । त्यसपछि प्रहरीले उनलाई कैदी हिरासत सेन्टरमा पठायो । यद्यपि, पक्राउ परेको केही समय पछि नै उनीहरुले जमानत पाए ।
जमानत पाए, जरिवाना लिइयो
त्यसपछि जिजी र लिआह दुबैलाई १२ जुलाईमा अदालतमा पेस गरियो जहाँ उनलाई दोषी ठहर गरियो । मोडलमाथि एक हजार डलर जरिवाना तोकियो । जिजीविरुद्ध कुनै आपराधिक रेकर्ड नभएका कारण उनलाई जरिवाना तोकेर रिहा गरियो ।
जिजीले त्यसपछि टापुमा आफ्नो छुट्टी मनाइन् । गिरफ्तारीको खबर सार्वजनिक भएपछि जिजी हदिदले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेर आफ्नो अनुभव साझा गर्दै लेखिन्, ‘अन्त्य राम्रो त सबै राम्रो’ । जिजीले आफ्नो र लिआहका थुप्रै तस्बिर पनि सेयर गरेकी छिन् । जिजी यी तस्बिरमा बिकिनीमा मस्ती गरिरहेको देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण