जसपाले पार्टी विधानलाई अन्तिम रूप दिँदै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधानलाई आज अन्तिम रूप दिँदै छ ।
काठमाडौँमा १२ गते सम्पन्न विधान अधिवेशनले तयार पारेको उक्त विधानलाई अन्तिम रूप दिएर प्रमाणीकरण गर्न जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एउटा समिति गठन भएको थियो । सो समितिले आज विधानलाई अन्तिम रूप दिन लागेको हो ।
यादवको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको विधान मस्यौदा अधिवेशनमा प्रस्तुत गरिएको थियो । प्रस्तुत विधानमाथि पार्टीका सदस्यहरूले आफ्नो सुधावसहित धारणा राखेका थिए । त्यहाँबाट प्राप्त सुझावको आधारमा विधानलाई अन्तिम रूप दिन लागिएको समितिका एक सदस्यले बताए ।
ती सदस्यका अनुसार लगभग विधान तयार नै भइसकेको छ, आज बसेर त्यसलाई अन्तिम रूप दिएर भोली निर्वाचन आयोगमा बुझाइनेछ ।
असार ३० गते बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले समितिले तयार पारेको विधानलाई अनुमोदन गरिसकेको छ । त्यही विधानलाई आज अन्तिम रुपमा दिन लागेको हो ।
जसपा स्रोतका अनुसार विधान अधिवेशनमा सङ्घीय परिषद्, ७० वर्षको उमेर हद, राष्ट्रिय समिति, केन्द्रीय समिति सदस्यको सङ्ख्या, महिलालाई आरक्षणलगायतका विषयमा नेताहरुले सुझाव दिएका थिए । आएका सुझावका विषयमा अध्ययन गरिएको र त्यसकै आधारमा अन्तिम रूप दिन लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण