सुरु भयो प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया
काठमाडौँ । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।
सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरूका प्रतिनिधिहरूको सुनुवाइका लागि प्रस्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनले समितिको निर्णय अनुसार आजको मितिबाटनै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यमाबाट सूचना प्रकाशित गर्ने समेत बताए । उनले भने, ‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदूतहरूको सुनुवाइ प्रक्रिया आजबाट प्रारम्भ भएको हो । खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदूत गरेर ६ जनाको सिफारिस छ । श्री लोकबहादुर थापा, श्री रामप्रसाद सुवेदी, श्री सुधीर भट्टराई, श्री घनश्याम लम्साल, श्री तेजबहादुर थापा क्षेत्री र श्री धनबहादुर ओली सिफारिस हुनु भएको हो । उहाँहरूको सुनवाइ प्रक्रियालाई अगाडि बढाउनका लागि यदि यहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा प्रस्ट आधार र सबुत प्रमाणसहित १० दिन भित्र समितिमा सूचना उपलब्ध गराउनका लागि सूचना प्रकाशित गराउने भनेर यो सूचना पनि आज प्रकाशित हुन्छ । साथसाथै प्रक्रिया पनि प्रारम्भ भएको छ ।’
मन्त्रीपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण