विद्यालय शिक्षा पढ्न विदेश जाने विद्यार्थी रोक्दै सरकार
काठमाडौँ । माध्यमिक तहको शिक्षा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीलाई सरकारले रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ को कारण देखाउँदै विद्यार्थीहरू रोक लगाउन थालेको हो ।
जसका कारण नागरिकको शिक्षा प्राप्त गर्ने अधिकारमाथि अंकुश लगाउने काम गरेको छ । कुनै पनि व्यक्तिलाई आफ्नो सन्तानलाई आफूले चाहेको विषय पढाउन पाउने अधिकार मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख छ । तर, शिक्षा मन्त्रालयले विद्यालय तहको शिक्षाका लागि विदेश गएर पढ्न खोज्ने बालबालिकाहरूको हकमा एनओसी जारी गर्न रोक लगाउँदै आएको हो ।
उक्त निर्देशिकाको परिच्छेद ७ को २६ नम्बर बुँदामा विद्यालय तहको शिक्षाका लागि विदेशी विद्यालयमा अध्ययन गर्न स्वीकृति नदिने उल्लेख छ । यहि बुँदाको आधारमा मन्त्रालयको एनओसी जारी गर्ने शाखाले एनओसी दिन रोक लगाउँदै आएको छ ।
यतिमात्र नभएर निर्देशिका सर्वोच्च अदालतको आदेश विपरित छ । २०७७ चैत १ गते सर्वोच्चले जुनसुकै तहका विद्यार्थीलाई विदेश अध्ययन गर्न जाने अवसरबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको थियो ।
यो विषयमा अभिभावक, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवाला निकायले आपत्ति जनाउँदै आएका छन् । लाखौं नेपाली विदेशी भूमिमा छन् । उनीहरूले आफ्ना छोराछोरीलाई सम्बन्धित देशमा नै लगेर पढाउन चाहेको खण्डमा नपाउने अवस्था आएको छ । जसले गर्दा उनीहरूले आफ्ना छोराछोरीलाई नेपालमै पढाउनुपर्ने बाध्यता छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यो विषयमा निर्देशिका जारी भएदेखि नै विरोध जनाउँदै आएको छ । संघले निर्देशिका खारेजी हुनुपर्ने माग राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण