गीत ‘बादल, वर्षा, बिजुली’ भारतमा समेत चर्चित
गीत ‘बादल, वर्षा, बिजुली’ टिकटकमार्फत् अत्यधिक चर्चित भयो । केही समय अघि टिकटक स्क्रोल गरेर हेर्दा लगभग प्रत्येक भिडियो यही गीतसँग सम्बन्धित हुन्थे । यो गीतको नयाँ भर्सन पनि निकालिएको छ । गीतलाई गायक आनन्द कार्की र प्राश्ना शाक्यले गाएका हुन् ।
अहिले नेपालमा यो गीत केही सेलाएको छ तर भारतमा भने यसको चर्चा चुलिएको छ । यो गीतमा प्रिन्सी र प्रिज्मा खतिवडाले नाचेको भिडियो इन्स्टाग्राम रिलमा राखिएपछि यो व्यापक चर्चामा आइरहेको छ । भारतीय सञ्चार माध्यमले यसबारे समाचार पनि लेखेको छ । जसअनुसार एक मीम पेजले उनीहरूको भिडियोलाई इन्स्टाग्राम रिलमा राखेपछि यो गीत भाइरल भएको हो । मीमको पेजमा हजारौँ भ्यु र लाइक आइसकेको पनि बताइएको छ ।
यो गीत अहिले चर्चामा भए पनि यो १९ वर्ष अघि रिलिज भएको कर्तव्य फिल्मको गीत हो । गीतमा आनन्द कार्कीको पनि स्वर रहेपनि टिकटक भिडियो र इन्स्टा रिलमा प्राश्ना भर्सन मात्रै प्रयोग गरिएको छ । गीतको सङ्गीत सचिन सिंहले भरेका छन् ।
गीतमा दिलीप रायमाझी र सज्जा मैनालीको अभिनय रहेको छ । यी बाहेक फिल्ममा राजेश हमाल र निखिल उप्रेतीसमेत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण