काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज बस्ने ५० वर्षीय विकास लामा आफ्नै घरको भान्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ नाईचेस्थित निर्माणधिन सुपर ङादी हाईड्रोपावरमा काम गर्ने तेह्रथुम ठटरा गाउँपालिका(६ घर भएका ३६ वर्षीय प्रकाश किरण लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको बबई गाउँपालिका–७ स्थित डेरा गरी बस्ने सरस्वती माध्यमिक विद्यालय चरकमाटियाका प्रधानाध्यापक सल्यान गङ्गादेवी गाउँपालिका–१ घर भएका ३७ वर्षीय ललित केसी आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता कास्कीको पोखरा महानगरपालिका–३१ माझथर घर भई सोही महानगरपालिका चौर बस्ने राहुल थापाको घरमा किसान काम गरी बस्ने ५० वर्षीय दामोदर तिवारी सोही ठाउँस्थित तालवेशी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापाको शिबसताक्षी नगरपालिका(७ लालपानीस्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला बुधवार मृत अवस्थामा शव फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण