शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुसका राष्ट्रपति पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने

बुधबार, ०३ साउन २०८०, २० : ५९
बुधबार, ०३ साउन २०८०

जोहानेसबर्ग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ ।

रुसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले भने, “आपसी सहमतिअनुसार रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन शिखर सम्मेलनमा सहभागी हुनुहुने छैन तर रुसी महासङ्घको प्रतिनिधित्व विदेशमन्त्री (सर्गेइ) लाभरोभले गर्नुहुनेछ ।”

रामाफोसाले हालैका महिनाहरूमा गरेको ‘धेरै परामर्शहरू’ पछि यो निर्णय लिइएको हो । 

दक्षिण अफ्रिका ब्रिक्स समूहको वर्तमान अध्यक्ष हो, जसमा ब्राजिल, रुस, भारत र चीन पनि सामेल छन् र यसले आफूलाई पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरोध शक्तिको रूपमा हेर्छ ।

अगष्ट २२ देखि २४ सम्म जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनका लागि पुटिनलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो । तर पुटिनलाई सहभागी नगर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब प्रिटोरियालाई परेको छ । 

“राष्ट्रपति रामाफोसा शिखर सम्मेलन सफल हुनेमा विश्वस्त हुनुहुन्छ । अफ्रिकी महाद्वीप र विश्वका विभिन्न भागबाट आउने धेरै प्रतिनिधिहरूलाई आवश्यक आतिथ्य प्रदान गर्न राष्ट्रलाई आह्वान गर्नुभएको छ,” म्याग्वेनियाले भने ।

रुसले गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै आइसिसीले पुटिनलाई खोजीको सूचीमा समावेश गरेको छ ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप