बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रातारात बिरुवासहितको गमला व्यवस्थापन गर्दै हेटौँडा उपमहानगरपालिका

बुधबार, ०३ साउन २०८०, २३ : ०२
बुधबार, ०३ साउन २०८०

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न पेटीमा राखिएका बिरुवासहितको गमला व्यवस्थापन थालेको छ ।

उपमहानगरपालिकाले बुधवार राति २ वटा जेसिवी प्रयोग गरेर सडक पेटीमा राखिएका बिरुवा सहितको गमला स्थानान्तरण गरेको हो ।

पूर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछि उपमहानगरपालिकाले उक्त सडक अन्तर्गत रहेको हेटौँडा–१ र १० तर्फको राप्ती रोडको सडक पेटीमा राखिएका गमला स्थानान्तरण गरेको हो । लामो समयदेखि उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तर हुन सकेको छैन ।

hetauda1

दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।

सडक विस्तारका लागि पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो ।

उक्त सूचनाको स्वागत गर्दै उपमहानगरपालिकाले नगरसभाबाट नै सर्वसम्मत निर्णय गरेर सडक विस्तारमा समन्वय र सहकार्य गर्ने भएको थियो । सोही अनुसार उपमहानगरपालिकाले सडक पेटिबाट गमला हटाएको हो ।

hetauda-gamala1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप