रातारात बिरुवासहितको गमला व्यवस्थापन गर्दै हेटौँडा उपमहानगरपालिका
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न पेटीमा राखिएका बिरुवासहितको गमला व्यवस्थापन थालेको छ ।
उपमहानगरपालिकाले बुधवार राति २ वटा जेसिवी प्रयोग गरेर सडक पेटीमा राखिएका बिरुवा सहितको गमला स्थानान्तरण गरेको हो ।
पूर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछि उपमहानगरपालिकाले उक्त सडक अन्तर्गत रहेको हेटौँडा–१ र १० तर्फको राप्ती रोडको सडक पेटीमा राखिएका गमला स्थानान्तरण गरेको हो । लामो समयदेखि उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तर हुन सकेको छैन ।

दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।
सडक विस्तारका लागि पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो ।
उक्त सूचनाको स्वागत गर्दै उपमहानगरपालिकाले नगरसभाबाट नै सर्वसम्मत निर्णय गरेर सडक विस्तारमा समन्वय र सहकार्य गर्ने भएको थियो । सोही अनुसार उपमहानगरपालिकाले सडक पेटिबाट गमला हटाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण