एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालले जवाफ दिँदै
बिहीबार, ०४ साउन २०८०, १० : २७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले जवाफ दिँदै छन् ।
प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आजको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नहरूको अध्यक्ष नेपालले जवाफ दिने कार्यसूची रहेको छ ।
चम्पादेवीमा जारी बैठकमा यसअघि १४ जना सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । सदस्यहरूको जवाफपछि अध्यक्ष नेपालले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यभार र अन्य एजेन्डाका बारेमा धारणा राख्ने भएकाले बैठक दिनभर चल्ने नेताहरूको भनाइ छ ।
बैठक गत असार २९ गतेबाट सुरु भएको हो । सचिवालयको ६१ औँ बैठकमा नेताहरूको कार्यविभाजन, कमिटी समायोजन तथा थपघट, सरकार र संसद्लगायतका विषयमा निर्णय गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण