इजरायल–प्यालेष्टाइनबीच द्वन्द्व : एक जनाको मृत्यु, ३५ जना घाइते
रामल्लाह । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन् ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा इजरायली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि १९ वर्षीय बद्दर अल–मसरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते ३५ जना प्यालेस्टिनीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
गत जनवरी यता उक्त क्षेत्रमा इजरायली र प्यालेस्टिनीबीच भएका शृङ्खलाबद्ध झडपमा २४ जना इजरायली र एक सय ७५ जना प्यालेस्टिनीले ज्यान गुमाएका छन् । प्यालेष्टिनी पक्षबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला छन् ।– (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण