रोजगारी सिर्जना गर्न लर्डवुद्ध र नेपाल लाइफ इन्स्योरेन्सबीच सहमति
काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो ।
सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमन पराजुलीले हस्ताक्षर गरे ।
फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पङ्कज जलानले बताए ।
यस्तै एमबिए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलब्ध गराउने समेत सहमति भएको छ ।
इन्स्योरन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउन्डेसनले बेहोर्ने छ ।
नेपाल लाइफ कम्पनीमा कार्यरत बिमा अभिकर्ताहरु मध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्ने गरी सहमति भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमन पराजुलीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाई छ ।
सूचना प्रविधिको विकास र प्रयोग बढे पनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण