महाराष्ट्र : पहिरोमा परी १६ जनाको मृत्यु, उद्धारकार्य जारी
शुक्रबार, ०५ साउन २०८०, ११ : ४०
भारतको महाराष्ट्रको रायगढ जिल्लामा बुधवार राती गएको पहिरोमा परी हालसम्म १६ जनाको मृत्युको पुष्टि भएको छ ।
खोजी तथा उद्धारकार्यमा लागेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को समूहले हालसम्म २१ जनालाई बचाउन सफल भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अघिल्लो रात भारी वर्षा, पहिरोको खतरा र अँध्यारोका कारण उद्धारकार्य रोकिएको थियो ।
उद्धारकार्यमा जुटेको एनडीआरएफ समूहका इन्स्पेक्टर राहुल कुमार रघुवंशले एएनआईसँगको कुराकानीमा भन्यो, ‘हामी तीन प्रकारको उद्धारकार्य चलाउँछौँ । यसमा आफ्नो कुकुरको मद्दत लिनेछौँ । यसका साथै उद्धारकार्यमा लागेको समूहले मानिसलाई बचाउने कोसिस गर्नेछन् ।’
‘यो निकै लामो र चुनौतीपूर्ण ट्र्याक हो तर हामी यसका लागि प्रशिक्षित छौँ, ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण