बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्र : पहिरोमा परी १६ जनाको मृत्यु, उद्धारकार्य जारी

शुक्रबार, ०५ साउन २०८०, ११ : ४०
शुक्रबार, ०५ साउन २०८०

भारतको महाराष्ट्रको रायगढ जिल्लामा बुधवार राती गएको पहिरोमा परी हालसम्म १६ जनाको मृत्युको पुष्टि भएको छ ।

खोजी तथा उद्धारकार्यमा लागेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को समूहले हालसम्म २१ जनालाई बचाउन सफल भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार अघिल्लो रात भारी वर्षा, पहिरोको खतरा र अँध्यारोका कारण उद्धारकार्य रोकिएको थियो ।

उद्धारकार्यमा जुटेको एनडीआरएफ समूहका इन्स्पेक्टर राहुल कुमार रघुवंशले एएनआईसँगको कुराकानीमा भन्यो, ‘हामी तीन प्रकारको उद्धारकार्य चलाउँछौँ । यसमा आफ्नो कुकुरको मद्दत लिनेछौँ । यसका साथै उद्धारकार्यमा लागेको समूहले मानिसलाई बचाउने कोसिस गर्नेछन् ।’

‘यो निकै लामो र चुनौतीपूर्ण ट्र्याक हो तर हामी यसका लागि प्रशिक्षित छौँ, ’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप