योङ महामन्त्रीहरू आउँदा पनि पार्टीकाे अवस्था उस्तै छ : अञ्जनी श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पार्टीमा खल्तीका मान्छेलाई अवसर दिलाउने प्रतिस्पर्धा भैइरहेको बताएकी छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा श्रेष्ठले पार्टीमा युवा नेताहरू पदाधिकारी बने पनि पार्टीको कार्यशैलीमा सुधार नआएको बताइन् ।
‘पार्टीमा योङ महामन्त्रीहरू आउनुभएको छ, केन्द्रीय सदस्यहरू पनि योङ–योङ हुनुहुन्छ । तर पार्टीको अवस्था उही छ, उस्तै कार्यशैली छ,’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘अहिले पार्टीको संगठन यस्तो भएको छ कि अवसर दिने, नियुक्ति दिने, मनोनयन गर्ने काम भइरहेकै छ । तर, कोही कसको खल्तीका, कोही कसको खल्तीका, कोही मन्त्रीका, यसरी सबै खल्तीका मान्छेमात्रै राखेर भ्रातृ संस्था कसरी चल्छन् ? पार्टीको संगठन कसरी बन्छ ?’ महामन्त्रीहरूले कार्यतालिकाले पार्टीमा आशा जगाएको भन्दै त्यसलाई थपघट गरेर यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।
केन्द्रीय सदस्य श्रेष्ठले चुनावमा पार्टीले गठबन्धन गर्दा चितवनलाई अन्याय भएको गुनासो गरिन् । ‘एउटा चुनावमा गठबन्धन हुन्छ, एउटा विषयमा साझेदारी हुन्छ । तर भएजति सबै चुनावमा गठबन्धन गर्ने त कसरी मिल्छ ? नभए पार्टी अलग–अलग हुनुको के अर्थ ? त्यसमाथि चितवनमा त कांग्रेसले जतिपटक चुनाव आउँछ, सबैमा पद गुमाउनुपर्छ,’ उनले भनिन् । सबै पद जति अरुलाई छोड्नका लागि चितवनका बासिन्दाले कांग्रेसमा किन लाग्ने भनेर उनले प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण