सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् ।
क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित स्व.हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उनले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गरे ।
“पत्रकारिता क्षेत्रबाट कुनै निर्दोष व्यक्तिको चरित्र हत्या नहोस्”, मुख्यमन्त्री पाण्डेले भने, “पत्रकारिता गर्दा धेरै सोच विचार गरेर मात्र गर्नुहोस् ।” केही गलत पत्रकारकै कारण पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकाले मर्यादित र सत्यतथ्यमा आधारित पत्रकारिता गर्न उनले सुझाव दिए ।
गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पछिल्ला वर्ष पत्रकारितामा महिला सहभागिता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताइन् ।
प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिताको पालना गर्दै पत्रकारिता अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, जमुना शर्मा, कृष्णप्रसाद बास्तोलालगायतले पत्रकारले भोग्दै आएका समस्यबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण