सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जोमभीरमा हनी हन्टर (तस्बिरहरू)
फोटोफिचर

जोमभीरमा हनी हन्टर (तस्बिरहरू)

शनिबार, ०६ साउन २०८०

स्कन्द गौतम/ नेपाल फोटो लाइब्रेरी 

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको  चाकु भन्ने स्थानबाट २० किलो मिटर पर भोटेकोसी किनारमा जोमभीर भन्ने ठुलो चट्टान छ । वैशाख र जेठ महिनामा यहाँ नजिकै बस्ती बाट एक समूह आएर भिरमा भएका मौरीका घारहरूबाट मह काढिरहेका हुन्छन् । 

भोटेकोसी गाउँपालिकाका स्थानीयहरू बर्सेनि यही मह काढेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । यो वर्ष पनि ६/७ जनाको समूह मह काढ्न गएको क्षण हामीले आफ्नो क्यामेरामा कैद गर्न पायौँ । भीरबाट मह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । औषधिजन्य गुण भएको भीरमौरीको महको बजारमा ठुलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भीरमौरीको मह बिक्री हुने गरेको स्थानीयहरुको भनाई छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया