महिलालाई नग्न परेड गराउने पाँचौँ अभियुक्त पक्राउ
शनिबार, ०६ साउन २०८०, १७ : १६
मणिपुर । मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौँ अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको थियो ।
यो भिडियो १९ जुलाईमा आएको थियो, जसमा केही व्यक्तिहरू दुई महिलालाई नग्न परेड गरिरहेको देखिन्छ । शुक्रबार घटनाका मुख्य अभियुक्तको घरमा केही आक्रोशित महिलाले आगजनी गरेका थिए ।
प्रहरीका अनुसार भिडियोमा उक्त व्यक्तिले बी फानोम गाउँ नजिक भीडलाई निर्देशन दिइरहेको देखिन्छ । भिडियोमा देखाइएको महिलाका पति भारतीय सेनामा छन् । असम रेजिमेन्टमा सुबेदार भएका व्यक्तिले कारगिल युद्धमा पनि भाग लिएका थिए।
मे ४ मा यस भिडियोको बारेमा काङपोकपी जिल्लाको साइकुल प्रहरी चौकीमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण