‘दोहोरी आइडल’का यस्ता छन् उत्कृष्ट ४२ प्रतियोगी

काठमाडौँ । नेपाल नेटवर्क टेलिभिजन आयोजक रहेको ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच आयोजकले प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो भएको र प्रतियोगीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी लगायतका भाषामा प्रस्तुति दिने आयोजकले जानकारी दियो । वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्द्धन प्रतियोगिताको उद्देश्य रहेको छ ।
कार्यक्रम सबै प्रतियोगीलाई प्रमाणपत्र समेत वितरण गरियो । प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल, लोक गायक प्रेमराजा महत, लोक गायिका लक्ष्मी न्यौपाने, राधिका हमाल, चन्द्र शर्मा लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
‘दोहोरी आइडल’मा अव ४२ कलाकारहरुबीच प्रतिस्पर्धा हुने छ । प्रतिस्पर्धाका विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन्, भने उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्नेछन् । कार्यक्रमका निर्देशक प्रभावन जे रहेका छन् ।
उत्कृष्ट ४२ मा सविन आचार्य, रीता रावत, सपना रोका, विक्रम बाल, विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रविन्द्र सुनार, निर्भता वस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा केसी, संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत, सिदार्थ आले, प्रीति गिरी, सुमन खड्का, शर्मिला बिसी, सानु केसी, सविता ढुङ्गाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय बानियाँ, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार, दिपेन्द्र पौडेल, राममाया थापा, मीना नेपाल, प्रशन्न पाठक÷ राजेन्द्र पाठक, अर्जुन खड्का, सचिन भट्टराई, तिर्सना बुढा क्षेत्री, जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, बिना अनुरागी, राजेन्द्र पाठक, शान्ति भुषाल लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला