वर्तमान सरकार बीपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गरे ।
बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरुले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताए । बीपी कोइरालाको सिद्धान्त अनुरुपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ ।
अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे । सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बिपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरे ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बिपी कोइरालाको सोच सान्दर्भिक रहेको बताए । त्यसका लागि बिपीले गरिब किसानका तस्बिर योजना आयोगमा राख्ने प्रणालीको विकास गराएको समेत उनले स्मरण गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बीपीसँग माओवादीको पनि बिचार मिल्ने धारणा राखिन् । सङ्ग्रहालयमा बीपीको जीवनकालमा प्रयोग भएका चिजविज सङ्ग्रह गरिनुपर्ने उनको भनाइ छ ।
सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डीराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री) लाई संयुक्तरुपमा प्रदान गरेको छ । त्यसैगरी बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फको पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी जनही रु एक लाख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण