शिव परियारको एल्बम ‘तिमी र म’ सार्वजनिक
आइतबार, ०७ साउन २०८०, १२ : २६
काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द छ ।
एल्बममा ६ गीतहरू समावेश भएको छ । समावेश गीतहरूमा ‘तिमी हौ सबथोक मेरो’, ‘तिमी र म अनि शीतल धुन’, ‘मेरो ज्यान भन्छ्यौ भने’, ‘हाम्रो माया एक नदीको दुई किनार’, ‘जिउन मन छैन अधर तिम्रो नहेरी’ र ‘तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले’ लगायत रहेका छन् ।
एल्बममा रहेको ‘तिमी हौ सबथोक मेरो’ बोलको गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियो हरि हुमागाईंले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण