शिव परियारको एल्बम ‘तिमी र म’ सार्वजनिक
आइतबार, ०७ साउन २०८०, १२ : २६
_8HAux66S2b.jpg)
काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द छ ।
एल्बममा ६ गीतहरू समावेश भएको छ । समावेश गीतहरूमा ‘तिमी हौ सबथोक मेरो’, ‘तिमी र म अनि शीतल धुन’, ‘मेरो ज्यान भन्छ्यौ भने’, ‘हाम्रो माया एक नदीको दुई किनार’, ‘जिउन मन छैन अधर तिम्रो नहेरी’ र ‘तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले’ लगायत रहेका छन् ।
एल्बममा रहेको ‘तिमी हौ सबथोक मेरो’ बोलको गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियो हरि हुमागाईंले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी