खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजारभन्दा बढी सहभागी
काठमाडौँ । खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ।
यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ वटा पल्सर एन१६०, २ वटा आईफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट स्मार्टवाचहरू, इयरबडहरू, चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो ।
पाँच वटा पल्सर बाइकका विजेताहरू यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ । यसका विजेताहरू बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन्। अन्तिम लाइभमा २ वटा पल्सर १६० – राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए ।
यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण