प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत
आइतबार, ०७ साउन २०८०, १४ : १५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुगेका छन् । प्रचण्ड स्थानीय समय अनुसार आइतबार ७ः३० बजे रोममा अवतरण गरेका हुन् ।
प्रधानमन्त्रीलाई नेपाली राजदूत भरतकुमार रेग्मीसहित इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा खाद्यसम्बन्धी कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सम्बोधन रहनेछ । हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।
प्रधानमन्त्री साउन १२ मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण