बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोलामा नुहाउन जाँदा विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

आइतबार, ०७ साउन २०८०, १४ : ३०
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगरको शनिबार साँझ मृत्यु भएको छ । 

उता कैलालीको बर्दगोरिया गाउँपालिका-३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने  क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । 

बर्दियाको बढैयाताल गाउँपालिका-६ बस्ने ६० वर्षीय बिरे कठायतको सोही ठाउँस्थित नाला तर्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।  

कास्कीको पोखरा महानगरपालिका-१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-८ बस्ने १६ वर्षीय विवेक कुँवरको शनिबार साँझ मृत्यु भएको छ ।   

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-७ ज्ञानज्योती टोल डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका-५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर शनिबार साँझ मृत्यु भएको  छ । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप