डिजिटल करेन्सीको प्रक्रिया अघि बढाउने, सफ्टवेयर निर्यातकर्तालाई प्राथमिकता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ (डिजिटल करेन्सी)को काम अघि बढाउने उल्लेख गरेको छ । आइतबार मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले अध्ययन प्रतिवेदनलाई आधार मानेर डिजिटल करेन्सीको थप काम अघि बढाउने योजना बनाएको हो ।
यस्तै, सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ । सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।
विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई ‘प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर’सँग सामञ्जस्य हुनेगरी केन्द्रीय बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाउने व्यवस्था गर्ने योजना मौद्रिक नीतिमा तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण