खाणलाई सके सहयोग गरौं, नसके दुःख नदिऔं : महेन्द्र यादव
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा यादवले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ ।’
उनले खाणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए। ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने, ‘ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०–२० मुद्दा लगाउन मिल्छ ।’
उनले खाणमाथि अहिले अभियोग मात्र लागेको बताए । पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन् । ‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं। उहाँले धेरै दुःख गर्नुभएको छ। सके सहयोग गरौं नसके दुःख नदिऔं,’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भई आउनुहुनेछ।’
कुनै अभियाग लागेको मान्छे अन्तिमा निर्णय नभएसम्म कसुरदार नहुने यादवले बताए । ‘संविधानको धारा २० मा भनेको छ । कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन,’ उनले भने, ‘यो हामीले बनाएको संविधान हो । अन्तिमा निर्णय नभएसम्म उहाँ कसुरदार हो भनेर हामीले बाहिर बोलिदिनु भएन । उहाँ हाम्रै परिवारको साथी हो ।’
यस्तै उनले केन्द्रीय सदस्यलाई बाहिर राखेर जिल्ला सभापतिको बैठक राख्दा राम्रो सन्देश नगएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण