रेखाको ‘उपहार’मा भित्रिए मुकुन
काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण, अभिनय रहने फिल्म ‘उपहार’को मुख्य भुमिकामा अभिनेता मुकुन भुषाल भित्रिएका छन् । निर्माण युनिटले आइतबार उनलाई फिल्मको मुख्य भुमिकाको लागि अनुबन्धित गरेको हो ।
‘उपहार’मा मुकुन भित्रिएको निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक संजाल मार्फत जानकारी दिए । मुकुनले गतबर्ष देउजाको हिट फिल्म ‘झिँगेदाउ’ पनि अभिनय गरेका थिए । पहिलो पटक रेखा र भुषालबीच फिल्ममा सहकार्य हुन लागेका हो ।
अभिनेत्री रेखाको फिल्ममा आफू जोडिन पाउँदा निकै खुसी लागेको मुकुनले बताए । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको ‘उपहार’मा अब एक अभिनेत्रीका खोजी जारी छ ।
अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको आगामी भदौबाट छायांकन सुरु हुनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्म काठमाडौँ आसपासका स्थानमा गरिनेछ । रेखा फिल्मस् तथा कपनगढी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्मबाट रेखाले ५ वर्षपछि अभिनय र निर्माणमा पुनः सक्रियता जनाउन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण