चिनियाँ कम्युनिस्ट नेता च्या नेतृत्वको टोलीले देउवालाई आज भेट्ने, ओलीलाई भोलि
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सभापति देउवासँग दिउँसो साढे २ बजे देउवा निवासमा भेटवार्ताका लागि समय तय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने चिनियाँ टोलीले मङ्गलवार बिहान भेटवार्ता गर्ने कार्य तालिका रहेको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओली कम्बोडिया भ्रमणबाट सोमबार राति स्वदेश फर्कदैछन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ टोलीले अध्यक्ष ओलीसँग मङ्गलवार बिहान १० बजे भेटवार्ता गर्ने कार्य तालिका पहिला नै तय भएको जानकारी दिए ।
यसैबीच सोमबारै दिउँसो २ बजे होटल मेरियटामा हुने कार्यक्रममा सहभागी हुने चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण