डुबेर तीन जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उता मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मुस्लिम टोलस्थित इनारमा डुबेर बेलबारी नगरपालिका-७ बस्ने २५ वर्षीय बौका कुमालको आइतबार दिउँसो मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै चितवनको कालिका नगरपालिका-८ न्यूरेनी बस्ने ४५ वर्षीया देवु आले मगरको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर