डुबेर तीन जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उता मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मुस्लिम टोलस्थित इनारमा डुबेर बेलबारी नगरपालिका-७ बस्ने २५ वर्षीय बौका कुमालको आइतबार दिउँसो मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै चितवनको कालिका नगरपालिका-८ न्यूरेनी बस्ने ४५ वर्षीया देवु आले मगरको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण