काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका-६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका-५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे-धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुरको भिमदत्त नगरपालिका-११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसै गरी कञ्चनपुरकै भिमदत्त नगरपालिका-१० जिरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता धनुषाको मिथिला नगरपालिका-७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण