नक्कली भुटानी शरणार्थी काण्डको बीचमै जरा काटियो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान जरैसम्म पुग्नुपर्नेमा बीचमै जरा काटिएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीमा बोल्दै नेता पाण्डेले भुटानी शरणार्थी काण्डको बीचमा गएर जरा काटिएको बताएका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी कार्यक्रममा नेता पाण्डेले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पल्लो छेउसम्म पुग्न नसेकेको बताएका हुन् । ‘भुटानी शरणार्थी काण्डको खोजतलास पुगेको छैन । यस्ता काण्ड खोज्ने र भ्रष्टाचारको जरै उखेल्न जरुरी छ’, उनले भने, ‘देश बनाउन आएका नेताका श्रीमती र छोराछोरी हरेक भ्रष्टाचारमा जोडिएका छन् ।’ उनले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिंगो लोकतन्त्रको चुनौतीका रुपमा रहेको बताए । ‘जुन देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन त्यस देशमा विकास र सुशासन सम्भव नै छैन’, पाण्डेको भनाइ छ । उनले पहिला मन्त्रीमा सीमित हुने भ्रष्टाचार अहिले वडासम्म पुगेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह