नक्कली भुटानी शरणार्थी काण्डको बीचमै जरा काटियो : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान जरैसम्म पुग्नुपर्नेमा बीचमै जरा काटिएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीमा बोल्दै नेता पाण्डेले भुटानी शरणार्थी काण्डको बीचमा गएर जरा काटिएको बताएका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी कार्यक्रममा नेता पाण्डेले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पल्लो छेउसम्म पुग्न नसेकेको बताएका हुन् । ‘भुटानी शरणार्थी काण्डको खोजतलास पुगेको छैन । यस्ता काण्ड खोज्ने र भ्रष्टाचारको जरै उखेल्न जरुरी छ’, उनले भने, ‘देश बनाउन आएका नेताका श्रीमती र छोराछोरी हरेक भ्रष्टाचारमा जोडिएका छन् ।’ उनले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिंगो लोकतन्त्रको चुनौतीका रुपमा रहेको बताए । ‘जुन देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन त्यस देशमा विकास र सुशासन सम्भव नै छैन’, पाण्डेको भनाइ छ । उनले पहिला मन्त्रीमा सीमित हुने भ्रष्टाचार अहिले वडासम्म पुगेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण