चार्ली च्याप्लिनकी छोरी तथा अभिनेत्री जोसेफिनको निधन
विश्वका उत्कृष्ट हास्य कलाकारको रूपमा चर्चित चार्ली च्याप्लिनकी छोरी जोसेफिन च्याप्लिनको निधन भएको छ । उनी ७४ वर्षकी थिइन् । उनको निधन पेरिसमा भएको हो । उनी चार्ली च्याप्लिनकी ११ औँ सन्तानमध्ये ६ नम्बरकी छोरी थिइन् । जोसेफिनको परिवारले उनको निधनको पुष्टि गरेको हो ।
जोसेफिन एक अभिनेत्री थिइन् । उनका तीन छोरा छन् – जुलिन रोनेट, चार्ली र आर्थर । परिवारले जारी गरेको बयानमा उनको १३ जुलाईमा पेरिसमा निधन भएको बताइएको छ ।
जोसेफिनले थुप्रै फिल्ममा काम गरिन् तर उनले सन् १९७२ मा रिलिज भएको फिल्म ‘द क्यान्टबरी टेल्स’ बाट पहिचान पाइन् । यसलाई पियर पाओल पासोलिनीले बनाएका थिए ।
उनी ‘श्याडोम्यान’ मा आधारित फ्रेन्च मिनी–सिरिज ‘द म्यान विदाउट अ फेस’ मा देखिइन् । सिरिजको सफलतापछि उनले न्युटिस रुज, द पिक्स अफ जेलेन्गोरा, ज्याक द रिपर, द बे बोय र डाउनटाउन हिटजस्ता थुप्रै फिल्ममा काम गरेकी थिइन् ।
जोसेफिन च्याप्लिनको जन्म २८ मार्च सन् १९४९ मा क्यालिफोर्नियाको सेन्ट मोनिकामा भएको थियो । उनी पहिलो पटक आफ्ना पिता चार्ली च्याप्लिनको फिल्म ‘लाइमलाइट’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९५२ मा रिलिज भएको थियो । जेसोफिनले फ्रान्सका अभिनेता मौरिस रोनेटसँग पहिलो विवाह गरेकी थिइन् र उनी बाँचुन्जेल सँगै बसिन् । यी दुईका एक छोरा छन्, जुलिन रोनेट ।
जोसेफिन च्याप्लिनको तीन विवाह
जोसेफिन च्याप्लिन त्यसपछि निकोलस सिस्टोवारिसको प्रेममा परिन् । उनीबाट उनका एक छोरा जन्मिए, चार्ली । सन् १९८९ मा जोसेफिनले फ्रान्सका पुरातत्त्वविद् जिन–क्लाउड गार्डिनसँग विवाह गरिन् । यो विवाहबाट उनका आर्थर नामका छोरा जन्मिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण