बुटवलमा पार्किङ भवन निर्माण गर्न लगानी सम्झौता
बुटवल । बुटवलमा पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सोमबार सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न पार्किङ भवन निर्माणका लागि ३० करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए ।
पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरूले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने अव्यवस्थित पार्किङ हट्ने उनले बताए । बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
उनले १५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भई प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको बताए । ७ तले पार्किङ भवनमा एकसाथ करिब २ सय हलुका सवारी पार्किङ गर्न सकिने छ सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेशिनले खाली भएको ठाउँमा
गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण