जुम्ला आगजनी घटनाबारे शाही : लागुऔषधबारे नयाँ नीति बनाउनुपर्छ
सोमबार, ०८ साउन २०८०, २० : २१
सुर्खेत । शुक्रबार राति जुम्लाको गुठिचौर गाउँपालिकाका ७ वटा घरमा भएको आगजनीको घटनाको विषयले संसद्मा प्रवेश पाएको छ । सोमबार कर्णाली प्रदेश सभाको १२६ औँ बैठकमा जुम्लाका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले संसद्मा उक्त घटनाबारे कुरा उठाएका थिए ।
शुक्रबार गुठिचौरका विभिन्न स्थानका ७ घरमा आगजनी भएको थियो । आगजनीमा संलग्न भएको आशंकामा शनिबार जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
स्वतन्त्र सांसद शाहीले जुम्ला घटना हुनुको कारण लागुऔषध रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘लागु औषध एउटा ठुलो समस्याको रूपमा रहेको छ । दोषीलाई प्रहरीले पक्राउ गरेर मात्र हुँदैन । प्रदेश सरकारले अब नयाँ नीति नै बनाएर अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण