बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्छ : उपसभापति गुरुङ

मङ्गलबार, ०९ साउन २०८०, १५ : २९
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन् ।  

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन् । 

उपसभापति गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताए । उनले उच्च तहका नेताको सम्पत्ति अब चाँडै नै छानबिन हुने बताए । 

उपसभापति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताए । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको प्रवाह नरहेको उनले बताए ।

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए । उनले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उद्घोष गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप