उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन् ।
उपसभापति गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताए । उनले उच्च तहका नेताको सम्पत्ति अब चाँडै नै छानबिन हुने बताए ।
उपसभापति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताए । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको प्रवाह नरहेको उनले बताए ।
उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए । उनले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण