समाजवादी मोर्चाको सचिवालयका काम के-के हुन् ?
काठमाडौँ । सत्तारुढ चार दलीय समाजवादी मोर्चाले आफ्नो काम कारबाही र गतिविधिलाई व्यवस्थित बनाउन चार सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् ।
हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । सदस्यसचिवले बैठक सञ्चालन, एजेन्डा प्रस्तुत, माइन्युट लेखन र कार्यालयको प्रशासनिक कामको नेतृत्व गर्नेछन् ।
मोर्चाले पारित गरेको कार्यविधिमा सचिवालय र यसको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था गरिएको छ । जसमा ‘मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय गठन हुने छ’ भनिएको छ ।
त्यस्तै सचिवालयमा मोर्चा घटक दलहरूबाट १÷१ जना प्रतिनिधिहरू रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने उल्लेख छ ।
सचिवालयले संयोजन समितिका सम्पूर्ण बैठक र त्यसका निर्णयहरूको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गरेको हुन्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्य सचिव हुने व्यवस्था छ ।
मोर्चाको बैठक तथा कार्यक्रमहरूको सञ्चालन र बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्य सचिवको हुने छ मोर्चाको कार्यविधिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण