हराएका ३४६ मोबाइल फिर्ता
मङ्गलबार, ०९ साउन २०८०, २० : ०७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ ।
मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।
साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण