कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
बुधबार, १० साउन २०८०, ०७ : ०२
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । जसअनुसार सोमबार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण