‘ए झरी’को फिमेल भर्सनमा मालाको हट अवतार
काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ ।
गायक नवीन के भट्टराईले झन्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूले फिमेल भर्सनमा ल्याएकी हुन् ।
गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृति भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेस्ट्री दमदार देखिएको छ ।
‘ए झरी’ गीतमा सङ्गीत अर्जिनल भर्सनलाई नै राखिएको छ, अर्थात सङ्गीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोटाको सङ्गीत र डा. अरुण सायमीको शब्द छ ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निर्देशकको क्रियशनलाई क्यामेरामा कैद गर्ने काम उत्तम हुमागाइँले गरेका छन् ।
गायिका अमृताको यो पछिल्लो गीत हो । गायिका अमृताको यसअघि ‘शीरैमा शीरफूल’, ‘झुम्के माया’, ‘लकुेर हेर्यौ’ जस्ता थप्रै गीत चर्चित छन् ।
अहिले झरीकै मौससमा भएकोले सार्वजनिक गीतले दर्शक तथा श्रोताको मन जित्न सक्ने गायिका अमृताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण