पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो ।
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए ।
वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए ।
निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ । गाडी ठप्प छन् । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण