तेस्रो कार्यकालमा भारतलाई विश्वकै तीन ठुलो अर्थतन्त्रमा पुर्याउँछु : मोदी
बिहीबार, ११ साउन २०८०, १० : ३१
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको तेस्रो कार्यकालमा भारतीय अर्थतन्त्रमा तीव्र वृद्धि देख्ने दाबी गरेका छन् ।
बुधबार भारत मण्डपको उद्घाटन गर्दै मोदीले भने, ‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि तेस्रो कार्यकालमा विश्वको तीन ठुला अर्थ व्यवस्थाहरूमा भारतको नाम हुनेछ । तेस्रो कार्यकालमा गर्वको साथ पहिलो तीन अर्थव्यवस्थामा भारत हुनेछ । यो मोदीको ग्यारेन्टी हो । म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु कि सन् २०२४ पछि हाम्रो तेस्रो कार्यकाल देशको विकास यात्रातर्फ तीव्र रूपमा अघि बढ्नेछ ।’
प्रधानमन्त्री मोदीले भारत लोकतन्त्रको जननी भएको बताउँदै भने, ‘आज विश्वले पनि भारत लोकतन्त्रको जननी हो भनेर स्वीकार गरेको छ ।’ साथै मोदीले नयाँ दिल्लीमा विश्वकै सबैभन्दा ठुलो सङ्ग्रहालय ‘युगे युगीन भारत’ को निर्माणको घोषणा पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण