बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रो कार्यकालमा भारतलाई विश्वकै तीन ठुलो अर्थतन्त्रमा पुर्‍याउँछु : मोदी

बिहीबार, ११ साउन २०८०, १० : ३१
बिहीबार, ११ साउन २०८०

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको तेस्रो कार्यकालमा भारतीय अर्थतन्त्रमा तीव्र वृद्धि देख्ने दाबी गरेका छन् । 

बुधबार भारत मण्डपको उद्घाटन गर्दै मोदीले भने, ‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि तेस्रो कार्यकालमा विश्वको तीन ठुला अर्थ व्यवस्थाहरूमा भारतको नाम हुनेछ । तेस्रो कार्यकालमा गर्वको साथ पहिलो तीन अर्थव्यवस्थामा भारत हुनेछ । यो मोदीको ग्यारेन्टी हो । म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु कि सन् २०२४ पछि हाम्रो तेस्रो कार्यकाल देशको विकास यात्रातर्फ तीव्र रूपमा अघि बढ्नेछ ।’

प्रधानमन्त्री मोदीले भारत लोकतन्त्रको जननी भएको बताउँदै भने, ‘आज विश्वले पनि भारत लोकतन्त्रको जननी हो भनेर स्वीकार गरेको छ ।’ साथै मोदीले नयाँ दिल्लीमा विश्वकै सबैभन्दा ठुलो सङ्ग्रहालय ‘युगे युगीन भारत’ को निर्माणको घोषणा पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप