गायिका सिनेड ओ’कनरको निधन
बिहीबार, ११ साउन २०८०, १३ : ३६
डब्लिन । चर्चित आईरिस गायिका सिनेड ओ’कनरको ५६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार निधनको खबर सार्वजनिक गरेपनि कारणबारे चाहिँ केही खुलाएको छैन ।
ग्रामी अवार्ड विजेता गायिका सन् १९९० मा हिट गीत ‘नथिङ कम्पेयर्स टू यू बाट चर्चामा आएकी थिइन् । सन् १९८७ देखि २०१४ को बीचमा उनले १० वटा एल्बम रिलिज गरेकी थिइन् ।
क्थोलिक चर्चमा भएको बाल यौन दुर्व्यहारको विरोधमा सन् १९९२ मा अमेरिकी टेलिभिजन शो स्याटर्डे नाइट लाइभमा पोप जोन पल द्वितीयको तस्बिर च्यातेपछि उनी विवादमा पनि आइन् ।
गत जनवरीमा मात्र उनले आफ्नो १७ वर्षीय छोरा शेनलाई गुमाएकी थिइन् । उनको निधनप्रति विश्वभरबाट संगीतकर्मी तथा समर्थकहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण