श्रमिकको न्युनतम पारिश्रमिक तोक्न ट्रेड युनियन कांग्रेसको ताकेता

काठमाडौं । नेपाली ट्रेड युनियन कांग्रेसले श्रमिकको न्युनतम पारिश्रमिक तोक्न सरकारको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजय राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउनको दोस्रो हप्तासम्म सरकारबाट श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न गम्भीरता नदेखाएको बताए ।
यसअघि न्युनतम पारिश्रमिक निर्धारणका लागि पटक–पटक छलफल हुँदा पनि सहमती हुन नसकेपछि ट्रेड युनियन कांग्रेसले तत्काल श्रमिकको न्युनतम पारिश्रमिक मासिक २५ हजार तोक्न भनेको थियो ।
असार २७ गते देशैभर रहेका सबै सदस्यहरुले प्रधानमन्त्री, श्रममन्त्री र श्रम सचिवलाई एसएमएस र असारढ २८ गते ७७ वटै जिल्ला समितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाएको राईको विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार असार २९ मा साटै प्रदेश समितिले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो भने ३१ गते काठमाडाैंमा राष्ट्रिय समितीले श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाई दबाब सृजना गरेको थियो ।
ट्रेड युनियन कांग्रेसले हालसम्म पनि जिल्ला एवं विभिन्न प्रतिष्ठानहरुका कार्यालयमा व्यानर झुण्ड्याएर निरन्तर दबाब अभियानमा जारी राखेको छ ।
न्युनतम पारिश्रमिक बोर्डको बैठक यथाशिघ्र बोलाई सरकार तथा सरोकारवालासँग श्रमिकको न्युनतम पारिश्रमिक सहमतीको आधारमा त्रिपक्षीय समितीका माध्यमबाट २५ हजार पुन तोक्न ट्रेड युनियन कांग्रेसको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’