धार्मिक स्थलमा यस्तो हर्कत गरेर टिकटक बनाउनेलाई प्रहरीले समात्यो
शुक्रबार, १२ साउन २०८०, २३ : १३
धनुषा । धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत देखाई टिकटक बनाउने कार्यमा संलग्न १८ वर्षका अनिरूद्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात् प्रहरीले धनुषा औरही गाउँपालिका ६ पोखरभिण्डाका ती युवकलाई पक्राउ गरेको हो ।
अनिरूद्रमाथि थप अनुसन्धान कार्य भइरहेको र टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिहरू समेतको खोज तलास भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा युवकले युवतीको संवेदनशील अंग समातेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण