२५ लाख रुपैयाँभन्दा बढी कर्जा लिने ऋणीले अनिवार्य प्यान लिनुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढी ऋण लिने ऋणीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) कार्ड लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै छुट्टाछुट्टै वा एकमुष्ट २५ लाख वा २५ लाख रुपैयाँ भन्दा बढी ऋण लिनेको अनिवार्य प्यान हुनुपर्ने व्यवस्था गरेको हो ।
गत आइतबार जारी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वनका लागि एक हप्तापछि सर्कुलर जारी गरेको बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ’ भनेको छ ।
साथै एकीकृत निर्देशनको निर्देशन नं.३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु २५ लाख वा सो भन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई रु २५ लाखभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा प्यान कार्ड लिएको हुनुपर्ने बैंकले जनाएको छ ।
साथै बैंकले पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई रु २ लाख रुपैयाँसम्म आवासीय घर कर्जामा लोन टू भ्यालू रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण