थाइल्याण्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, दर्जनौँ घाइते
बैंकक । थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले एएफपीसँग भने, “सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् ।
उनले भने,“अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।”
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।
गोदामबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भने, “म घरभित्र आफ्नो फोनसँग खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो ।”
“त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ । मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो ।
थाइल्यान्डको निर्माण क्षेत्रमा कमजोर सुरक्षा व्यवस्था अपनाएको पाइन्छ, जसका कारण घातक दुर्घटनाहरू सामान्य हुने गर्छन् ।
गत महिना बैङ्ककमा निर्माणाधीन सडक पुल भत्किँदा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण